समाचार

पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

विकल्प न्यूज\बेनी चैत १० गते । जिल्लाको रघुगंगा गाउँपालिका वडानम्वर ३ स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु भएको छ । गाउँपालिकावासीहरुलाई गाउँमै सुविधान दिन गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालामा बेग,भगवती,पिप्ले,दग्नाम र चिमखोलाका स्थानीयवासीहरु लाभान्वित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा […]

बेनीको कोतघर पुनःनिर्माण हुँदै

विकल्प न्यूज\बेनी चैत १० गते ।   सदरमुकाम बेनी स्थित कोतघरको पुननिर्माण थालिएको छ । बेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण थालेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोत घर जिर्ण बनेको थियो । कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । बेनी नगरपालिकाको पर्यटन […]

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]

म्याग्दीमा २० दलले स्थानीय निर्वाचनमा भाग लिने

विकल्प न्यूज\बेनी चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग लिने भएका हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार छ ठूला दलबाहेक १४ वटा […]

९६ वर्षिय वेसहारा थापा दम्पत्तिलाई खाद्यान्न सहयोग

धु्रबसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १० चैत । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षिय बेसहारा खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापालाई सहयोग आउन सुरु भएको छ । बुधबार (हिजो) ‘बुढेसकालमा सहारा विहीन ९६ वर्षिय थापा दम्पत्ति,गोठमा बास,छैन खाने गास’ शीर्षकको समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशन\प्रशारण भएको थियो । सोही समाचारबाट जानकारी पाएपछि बिहीबार (आज) […]

बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी

विकल्प न्यूज\बेनी चैत ९ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । […]

माओबादी गण्डकी प्रदेश सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित

विकल्प न्यूज\बेनी चैत १० गते । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिको सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा भएको निर्वाचनमा विक १०८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षमा ज्ञामनाथ गैरे ‘अनिल’ बिजयी हुनु भएको छ । गैरे पार्टीको बागलुङ समन्वय समितिका संयोजक हुनुहुन्छ । पर्बतका गुणाखर बस्यालले १२० […]

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

म्याग्दी, ९ चैत ।  उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन् । […]

मराङ र मल्कबाङमा एमालेको वडा स्तरी प्रशिक्षण

विकल्प न्यूज\बेनी चैत ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको हो । भण्डारीले एमाले बिकासपे्रमि […]

मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु

विकल्प न्यूज\बेनी चैत ६ गते ।   नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये । उहाँले मालिकाका […]

महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ

विकल्प न्यूज \बेनी चैत ६ गते ।  नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, कोषाध्यक्षमा मिना शाही,सहःसचिव संगिता […]

बेनीमा योग पूर्वाधारको अभावले सर्वसाधारणलाई समस्या

म्याग्दी, चैत ६ गते ।    बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको हो । मन्दिर, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिनुभयो । “भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ”, उहाँले भन्नुभयो, “योगाभ्यासलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको […]

काँग्रेसको मापदण्ड ः लोकप्रियताको आधारमा टिकट

विकल्प न्यूज\बेनी चैत ६ गते । आसन्न स्थानीय तहको निर्वाचनमा लोकप्रियताको आधारमा नेपाली काँग्रेसले उम्मेदवारको टिकट दिने भएको छ । निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको काँग्रेसले व्यक्तिको लोकप्रियताको आधारमा टिकट दिने बताएको हो । स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज […]

निर्वाचन लक्षित प्रशिक्षणमा जुट्यो एमाले

विकल्प न्यूज\बेनी चैत ६ गते । नेकपा एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा […]

स्थानीय तह निर्वाचन ः वैशाख ११ र १२ उम्मेदवारी मनोनयन

विकल्प न्यूज/बेनी चैत ४ गते ।    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तोकेको छ । शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते विहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो । मनोनयन गर्दा निर्वाचन अधिकृतको कार्यालयमा गर्न […]