मराङ र मल्कबाङमा एमालेको वडा स्तरी प्रशिक्षण

विकल्प न्यूज\बेनी
चैत ६ गते ।

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको हो ।

भण्डारीले एमाले बिकासपे्रमि पार्टि भएकाले बस्ती बस्तीबाट जनताले साथ दिएको बताउनुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा वडामा एमालेलाई जिताउनका लागि जनताका दैलोमा बिकास र विश्वासका ऐजेण्डाहरुलाई लिएर पुग्नु पर्ने उहाँको भनाई थियो ।
जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज ईश्वर सुवेदीले गठवन्धन संग चुनाव लड्न धवलागिरी गाउँपालिकामा एमाले एक्लै सक्षम रहेको बताउनुभयो । केपी ओली सरकारले गरेका कामहरु जनमैत्री छन, अहिलेको सरकारले जनभावना विपरितका कार्यहरु मात्रै गरेको छ, सुवेदीले भन्नुभयो, “देश बनाउने पार्टि एमाले हो भन्ने कुरा आम जनताले बुझिसकेका छन” ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य रोशन कार्की, मदन मल्ल, पालिका कमिटि अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राजाराम सुवेदी, सचिव रेशम छन्त्याल, युवा संघको तर्फबाट जित गर्वुजा र अखिल नेपाल महिला संघको तर्फबाट तिलकुमारी केसी लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष ज्ञान बहादुर गर्वुजाको अध्यक्षता, उपाध्यक्ष रघुनाथ उपाध्यायको स्वागत र उपसचिव केसब गर्बुजाको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै धवलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङमा आइतवार वडा स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारी, जिल्ला कमिटि सदस्य मदन मल्ल, पालिका कमिटि अध्यक्ष होम बहादुर थापा र सचिव रेशम छन्त्यालले पार्टिको चुनावी रणनीति तथा कार्ययोजनाको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा वडा नं ५ का वडा कमिटिका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेकपा एमालेले जिल्लाभर आसन्न स्थानीय तहको चुनाव लक्षित रहेर प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ संचालन गरिरहेको छ ।