चुनावसँग नडराउँने खम्बिर तेस्रो पटक प्रतिस्पर्धाको मैदानमा

विकल्प न्यूज/बेनी
कात्तिक १९ गते ।

आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) बेलायती सुखसयल छाडेर म्याग्दीको राजनीतिमा क्रियाशिल व्यक्ति हुनुहुन्छ । गर्बुजा दुई दशक यता नेपाली काँग्रेसको राजनीतिमा निकै क्रियाशिल नेता हो । गर्बुजाको नेतृत्व पाएपछि काँग्रेसको संगठन बलियो हुनथालेको हो । गर्बुजा काँग्रेसको दोस्रोपटक सभापतिको भूमिकामा हुनुहुन्छ । उहाँको नेतृत्वले काँग्रेसका युवा बर्गमा जागरण र उत्साह पैदा गरेको छ ।

गर्बुजा यसअघि २०७० र २०७४ मा पनि चुनावी मैदानमा उत्रिनुभएको थियो । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित हुनुभयो भने २०७४ को पहिलो प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेका भुपेन्द्र थापा सँग करिब २३०० मतले पराजित हुनुभयो । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल थियो । वामगठबन्धन भएकाले गर्बुजा पराजित हुनुभयो ।

यसपटक गर्बुजा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ । गर्बुजालाई माओवादी केन्द्र,नेकपा एमालेबाट विभाजन भएको नेकपा एकिकृत समाजवादीको बलियो साथ र सहयोग छ । माओवादीको बलियो साथ पाउनुभएका गर्बुजाले यसपटक अघिल्लो निर्वाचनको बदला लिने सोचमा हुनुहुन्छ ।

गर्बुजाको संक्षिप्त राजनीतिक जिवनी 

गर्बुजाको दावाबाया नेकपा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरु  

गर्वुजा बाबु चकवीर र आमा कृष्णकुमारी गर्वुजाको कोखबाट २०२२ मंसिर ८ गते दग्नाममा जन्मनुभएको थियो उहाँले एसएलसीसम्मको अध्ययन गर्नुभएको छ । एसएलसी पछि बेलायती सेनामा भर्ती भएका गर्वुजाको श्रीमती विष्णुकुमारी गर्वुजा, एक छोरा र छोरी सवै बेलायतमै बसोबास गर्छन । वेलायती सेनामा कार्यरत रह“दा नै ०४६ सालदेखी का“ग्रेसलाई समर्थन गरेका गर्वुजाले ०५५ सालमा सेवानिवृत्त भएपछि ०५६ सालदेखी नारायणसिंह पुन मार्फत सकृय राजनीतिमा आउनुभएको हो ।

०५६ सालमा नारायणसिंह पुनलाई जिताउन खटिएका गर्वुजा त्यसयता सकृय राजनीति थाल्नुभएको हो । गर्वुजा ०७२ फागुन १० गतेदेखी नेपाली का“ग्रेस म्याग्दीको सभापति हुनुहुन्छ । पहिलो कार्यकाल पुरा गरेर अघिल्लो वर्ष दोस्रोपटक सभापति चुनिनुभएको हो ।

‘म बेलायती सेनामा कार्यरत रह“दै ०४६ सालदेखी का“ग्रेसको सर्मथक हु“ । विचमा नारायणसिंले सहयोग मागेकोले सहयोग गरें । ०७२ फागुन १० गतेदेखी नेपाली का“ग्रेस म्याग्दीको निरन्तर सभापति छु’ गठवन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले भन्नुभयो, ‘परिवार उतै वेलायत छन । म राजनीतिबाट जनताको सेवा गर्न नेपालमै छु ।

निरन्तर क्रियाशिल छु ।’ सार्वजनिक मञ्चहरुमा हत्तपत्त उक्लन र माईक समाउन नरुचाउने गर्वुजा पार्टी भित्र र बाहिर फौजी स्वभाव देखाउने सहकर्मीहरु बताउ“छन । सहकर्मीहरुका अनुसार पार्टी भित्र सीमित ब्यक्तिलाई मात्र विश्वास गर्ने गर्वुजा अरुवको आईडिया र सल्लाहमा भन्दा आप्mनै आईडिया र योजनामा अरुलाई हिंडाउन चाहने स्वभाव भएका नेता मान्छन ।