जिल्ला समन्वय समिति मुस्ताङमा एमाले निर्विरोध

जेठ २३ गते ।

जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध चयन भएका छन् ।

सोमबार भएको मनोनयन दर्ताको समयअवधी सम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी ७ जना सदस्यका लागि एमालेबाट ४ जना र राप्रपाबाट १ जनाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक, घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा सहकार्य गरेको राप्रपालाई एमालेले समर्थन गर्दै राप्रपाको विमल नेपालीलाई निर्विरोध गराउन सहयोग गरेको छ ।
मुख्य निर्वाचन कार्यालयले जिसस निर्वाचनका लागि जेठ १७ गते २५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तोकिएको निर्धारित समयमा अन्य कसैको उम्मेदवारी नपरेकाले एमालेसहित राप्रपाको उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।

निर्वाचितको घोषण निर्वाचन कार्यतालिका अनुसार जेठ २५ गते सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
५ स्थानीय तह रहेको मुस्ताङमा एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो । नेपाली कांग्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष पद जितेको थियो ।