नेकपा एमाले पर्वतकाे नवौं अधिवेशन सुरू

विकल्प न्युज/ कुश्मा

पुस २३ गते । नेकपा एमाले पर्वतकाे नवौ अधिवेशन कुश्मामा सुरू भएको छ । अधिवेशनकाे उद्घाटन पार्टि अध्यक्ष केपी शर्मा अाेलीले भर्चुल माध्यमबाट गर्नुभयाे । अधिवेशनमा करिव ४५० जना प्रतिनिधि छनौट भएका छन् ।

अधिवेशनमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कल्पना चापागाई, सह ईन्चार्ज सांसद पदम गिरि लगायत प्रदेशका नेताहरूले अधिवेशनमा सम्वाेधन गर्नुहुने कार्यक्रम रहेकाे एमालेले जनाएको छ । उदघाटन सत्र सकिएपछि साँझबाट बन्द सत्र हुने जनाएको छ ।