एमाले पर्वतकाे अध्यक्षमा चार नेताकाे चर्चा

विकल्प न्युज/ पर्वत

पुस १३ गते ।

नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै पर्वतमा अध्यक्षका उम्मेदवारहरूको चर्चा हुन थालेकाे छ ।

आगमी २३ गते हुने पार्टीकाे ९ अौ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि चारजना नेताहरू आकांक्षी देखिएका हुन । आकांक्षा देखाएका नेताहरूले आन्तरिक रूपमा आफ्नो तयारी थालेका छन ।

आठौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका सांसद पदम गिरि हालै सम्पन्न भएको १० अौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन भएपछि जिल्लामा अध्यक्ष पदमा दावि गर्ने  नेताहरूकाे संख्या बढेकाे हाे  ।

अध्यक्ष पदमा हालका कार्यवाहक अध्यक्ष भक्त कुँबर, सचिव पदमपाणी शर्मा, उपसचिव गाेविन्द गिरि र गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य राजु पौडेलकाे चर्चा चलेकाे छ ।

तर अहिले सम्म कुनै पनि नेताहरूले उम्मेदवारी भने घाेषणा गरेका छैनन् । पौडेल  अघिल्लो अधिवेशनमा गिरिसंग पराजित हुनुभएको थियाे ।

पौडेललाई गण्डकी प्रदेशका पुर्व मन्त्र तथा पर्वतका नेता विकास लम्सालकाे समर्थन रहेकाे एमाले कार्यकर्ताहरू बताउछन । त्यस्तै उप सचिव गिरिलाई केन्द्रीय सदस्य तथा संसद पदम गिरिकाे साथ रहेकाे बताईन्छ । तर संसद गिरिले अहिले सम्म कुनैकाे पक्षमा मुख खाेल्नुभएकाे छैन ।

यता कार्यकर्ता माझ छिटाे  घुलमिल गर्ने क्षमता,चतुर राजनीतिक खेलाडिका रूपमा चर्चित  फलेवासका नगर प्रमुख समेत रहनुभएका शर्मा भने दक्षिण भेगतिर बलियाे भएको चर्चा हुन थालेकाे छ ।

नगर प्रमुख भएपछि नगरमा गरेकाे विकास र राम्रा कामहरूका कारण शर्माकाे राजनीति उचाइ बढेकाे कार्यकर्ता बताउछन । कतिपय कार्यकर्ताहरू शर्मालाई नै  आगमी पार्टी अध्यक्ष बनाउनु पर्ने मत राख्छन् ।

कार्यवाहक अध्यक्ष कुँँबर पनि राजनीतिक बैचारिक रूपमा सक्षम नेता हुनुहुन्छ । अध्यक्षमा चारै नेताहरूले दावि गरेपनि अन्तिममा दुईजनाकाे मात्र बलियो दावि रहने बुझिएको छ ।

सहमति बाट नेतृत्व चयन गर्न अधिकतम प्रयास गरिने र सहमति नभए  निर्वाचन हुने बुझिएको छ  । १७ गते जिल्लाका ६१ वटै वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने मिति ताेकिएकाे कार्यवाहक अध्यक्ष कुँवरले जानकारि दिनुभयाे ।

५० जना पार्टी सदस्य बराबर १ जना खुल्ला, ४०/४० जना सदस्य बराबर १/१ जना महिला र दलित प्रतिनिधि चयन हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे ।

यस्तै प्रत्येक पालिका कमिटीबाट २ जना र जवसबाट १ जना प्रतिनिधि चयन हुनेछन ।  विभिन्न उपसमितिहरू गठन गरि अधिवेशनकाे  तयारि एमालेले थालेको छ  ।