जलजलामा उत्पीडित जातीय मुक्ति समाजको कमिटी गठन

विकल्प न्यूज/जलजला

 पुस १३ गते ।

 

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेजबहादुर दमाईको अध्यक्षतामा ३१ सदस्यीय पालिका स्तरीय कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी बोहोरा,सचिव प्रेमसिङ नेपाली,कोषाध्यक्ष प्रविण बराइली, उपसचिव हिराबहादुर विक र विकास परियार चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा बावुराम नेपाली,समुन नेपाली,जिवन नेपाली,राज नेपाली,जुद्ध नेपाली,लक्ष्मी बोहोरा,दिपक परियार चयन हुनुभएको नेकपा एमाले जलजला गाउँपालिका कमिटीका प्रचारप्रसार विभाग प्रमुख भिमसेन बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सदस्यहरुमा प्रेमबहादुर विक,विजय विश्वकर्मा,विकास परियार,बावराम परियार,धनविर दमाई,प्रकाश नेपाली,राजकुमार परियार,समिर बराइली,गोपाल नेपाली,टिकाराम नेपाली,सरोज नेपाली,ज्ञानु नेपाली,सूर्य नेपाली,बावुराम नेपाली,संझना नेपाली,सोनिया रसाल,लाल बहादुर दर्जी,युवराज विश्वकर्मा र राजबहादुर परियार चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिव मनोहर विश्वकर्माले समाजमा अझै पनि दलित समुदायमाथि जातिय रुपमा राजनीतिक,आर्थिक र सांस्कृति विभेद रहेको बताउनुभयो । समाजमा भएका सम्पूर्ण विभेद,असमानता र अपमानजनक व्यवहारको अन्त्य गरी समानतामुलक समाज निर्माण गर्न दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दलका संरचनाहरुमा दलित समुदायको प्रतिनिधित्वका लागि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो । समाजमा रहेका सवैखाले विभेद,दमन,शोषण र असमानताको अन्त्य गर्नका लागि नेकपा एमालेको नेतृत्वमा मात्र संभव हुने उहाँको भनाई थियो । नेकपा एमाले आफ्नो पार्टीमा दलित समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्दै राजनीतिमा स्थापित गर्ने नीति लिएको उहाँले बताउुनभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जुनादेवी नेपालीले दालित समुदायको राजनीतिक,आर्थिक,सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्न उत्पीडित जातिय मुक्ति समाजले निरन्तर आन्दोलन गर्दै आएको बताउुनभयो । आफ्नो हकअधिकारलाई संरक्षण गर्न संगठीत भएर लाग्नुपर्ने बताउनुभयो । राज्यका हरेक निकायलाई दलित मैत्री नीति,कार्यक्रम र योजना निर्माणका लागि दवाव दिन आवश्यक रहेको उहाँको भनाई थियो ।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य नरबहादुर कार्की,जलजला गाउँपालिका कमिटिका अध्यक्ष लालबहादुर अधिकारीले दलित समुदायको हकअधिकारलाई स्थापित गर्ने र दलित मैत्री नीति तथा कार्यक्रम नेकपा एमाले मात्र ल्याउने भएकाले सवै उत्पीडित दलित समुदायहरु संगठीत भएर पार्टीलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमा १७ वर्ष नेपाली सेनामा सेवा गरी हालै मात्र सेवानिवृृत्त हुनुभएका जलजला २ निवासी प्रेमसिं नेपाली र वडा नम्बर ४ का अम्मर पुन एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको थियो ।

नेपाल जातिय उत्पीडित मुक्ति समाज पर्वतका सल्लाहकार रामबहादुर विकको अध्यक्षता, बावुराम नेपालीको स्वागत र नेकपा एमाले जलजला गाउँपालिका कमिटिका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भिमसेन बराइलीको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।