नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

विकल्प न्यूज/बेनी
पुस ४ गते ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा रमेश सिं ठकुरी र बिरमाया विश्वकर्मा, सचिव भिमबहादुर घर्ती , कोषाध्यक्ष मनबहादुर रोका , सहसचिब कुसुम पुर्जा, सह कोषाध्यक्ष गौसरा घर्तीमगर चयन हुनुभएको छ । अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले शनिबार उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रल, नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य एवं प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य नरदेवि पुन, प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रम सुरु हुनुपूर्व शिक्षक संगठनको जिल्ला कमिटि, तथा नगर र पालिका कमिटिका प्रतिनिधिहरुले शिक्षकको हक तथा अधिकार समेटिएका प्लेकार्ड सहित बेनी बजार परिक्रमा गरेका थिए ।