धौलागिरि क्षेत्रमा हिमपहिरो

विकल्प न्यूज/बेनी

कात्तिक २८ गते ।

 धौलागिरि हिमाल क्षेत्रमा आइतबार दिउसो भिषण हिमपहिरो गएको छ । मानापाथी, टुकुचेमा हिमपहिरो खसेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज मध्याह्न करिब साढे १२ बजे हिमपहिरो खसेको हो । अहिले प्रहरीसहितको टोली सो स्थानतर्फ लागेको छ । घटनाबारे थप जानकारी संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।