एमाले जलजला गाउँपालिका कमिटीको अध्यक्षमा लालबहादुर अधिकारी निर्बाचित

विकल्प न्यूज/बेनी
कार्तिक १० गते ।

नेकपा एमाले जलजला गाउँपालिकाको अध्यक्षमा लालबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । बुधवार लामाखेतमा सम्पन्न प्रथम अधिवेशनले अधिकारी सहित पदाधिकारी ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बावुराम कार्की, सचिव महेन्द्र रेग्मी ,उपसचिवहरुमा विकास गिरी र निलकण्ठ सुवेदी चयन हुनुभएको निर्वाचन मण्डलका अध्यक्ष यज्ञप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

निर्बाचित पदाधिकारीहरु र सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनको उदघाटन प्रतिनिधिसभाका सांसद तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले गर्नुभएको थियो ।

निर्वाचित अध्यक्ष अधिकारीले नेकपा एमालेलाई आगमी दिनमा जलजलामा बलियो बनाएर स्थानीय तहको निर्वाचन जित्ने आधार तयार पार्ने बताउनुभयो ।

यसैगरी अधिवेशनका अवसरमा कम्युनिष्ट आन्दोलनमा लागेर योगदान गर्नुहुने १० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो ।