बेनी अस्पतालमा उपचारत काेराेना संक्रमितकाे मृत्यु

विकल्प न्युज/ बेनी

बैशाख २८ गते । 

म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

बेनी नगरपालिका ८ बस्ने अन्दाजी ५५ वर्षिय  पुरूषकाे मंगलबार विहान अस्पतालमा मृत्यु भएकाे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयाे ।

१९ गते काेराेना पाेजेटिभ भएका उनि हाेम अाईशाेलेसनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अाईतबार राति अस्पतालमा ल्याईएकाे थियाे ।