विकल्प न्यूज/बेनी
बैशाख २७ गते । म्याग्दीमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बेनी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहाँको आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञाप्त प्रकाशित गरी जानकारी दिएको छ । स्वास्प्रश्वासमा समस्या भएपछि अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरबाट संक्रमितलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो ।