बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर

विकल्प न्यूज/बेनी
चैत १५ गते ।


म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निल्शुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो ।

जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि बेनीमा निशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको जोन चियरप्रसन लोकेश पुनमगरले बताउनुभयो ।

सोमबारसम्म संचालन हुने शिविरमा स्थानीय तहमा आयोजित शिविरबाट मोतियाविन्दू भेटिएका ११० जनाको निशुल्क अप्रेशन गरिने छ । हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ र नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया शिविर संचालन गरिएको हो ।

जिल्लामा क्रियाशिल एक दर्जन लायन्स क्लवका सदस्यहरुको ब्यवस्थापनमा निशुल्क शिविरसंगै मोतियाविन्दूको अप्ररेशन आयोजना भएको सन्दिप खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गशेबहादुर अधिकारीले शिविरको उद्घाटन गरेका थिए ।