म्याग्दीमा विद्यालय स्तरमा पुगेर ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्युज/ बेनी

चैत १३ गते । 
जिल्ला ट्राफिक कार्यलय म्याग्दीले बिद्यालयमा पुगेर ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । ट्राफिक दुर्घटना न्यूनीकरण गर्नको लागि जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी हरूलाई सचेतना फैलाईएको हो ।

धवलागिरी माध्यामिक विद्यालय मावि सिगा , कालिका मध्यामिक विद्यालय तिप्ल्याङ , प्रभा माध्यामिक नारच्याङ, भानु माध्यामिक विद्यालय रत्नेचौर , ज्ञान प्रकाश माध्यामिक विद्यालय दाना र बेनी बजारमा रहेको बेनी बोडिङमा पुगेर विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराईएको जिल्ला ट्राफिक कार्यालय सहायक प्रमुख बिशाल दर्जी ले बताउनुभयो ।

दर्जीले विद्यार्थी हरुलाइ सडकमा नै लगेर ट्राफिक नियम सम्बन्धि जानकारि गराएको हुन ।

विद्यार्थीहरूलाई पर्चा,म्पेलेट लगायत प्रोजेक्टर मार्फत सचेतना जगाउने कार्य गरिएको हो । साजन परियार