रत्नेचौरमा निशुल्क आँखा शिविरबाट साढे दुइसय लाभान्वित

विकल्प न्यूज÷बेनी
चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राबिधिक र सुदिप रावल स्मृति कोषको आर्थिक सहयोगमा रत्नेचौर जागरण समूहले आयोजना गरेको शिविरको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभएको थियो ।
शिविरमा २४७ जनाको आँखा परिक्षण गरिएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने दुई जना बिरामी पहिचान भएका छन् । उनिहरुले चैत १४ र १५ गते बेनीमा हुने शल्यक्रिया सहितको आँखा उपचार शिविरमा रिफर गरिएको छ ।
नेत्रज्योती संघका सहायक दिनेश बानियाँको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । आँखा परिक्षण,परामर्श,निशूल्क चश्मा वितरण सेवा दिइएको थियो ।
रत्नेचौर जागरण समुहका अध्यक्ष मन्नु रावलको अध्यक्षता,सचिव दानबहादुर महतको सञ्चालनमा सम्पन्न शिविरको कोषाध्यक्ष हरिबहादुर महतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँ,सचिव राजेन्द्रकुमार श्रेष्ठ र तत्कालिन रत्नेचौर गाविसका पूर्व अध्यक्ष नेत्रबहादुर महत लगायतको सहभागिता रहेको थियो ।