विकल्प न्यूज/बेनी
चैत ११ गते ।
म्याग्दीमा यसा वर्ष २१ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जना फेला परेका छन् भने ३ जना गतबर्षका रहेका छन् ।
गतवर्ष ४६ जना बिरामी फेला परेका थिए ।
गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। वुधबार विश्व क्षरोग दिवसको अवसरमा बेनीमा आयोजना गरिएको पत्रकार संगको अन्तरक्रिया कार्याक्रम मा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लाम्सालका अनुसार जिल्लाको बेनीनगरपालिकामा ११ जना, धौलागिरीमा एक जना, अन्नपूर्णमा २ जना, मंगलामा ४ जना र मालिकामा ४ जनारहेका छन् भने रघुगंगामा क्षयरोगका बिरामी शून्य रहेको छ ।
पछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोग सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्तालाग्ने दर बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कुवँरले हाम्रो समाजअझै पनि पुरानै प्रवृत्तिमा रहेको र पछिल्लो समयमा केही सुधार हुँदै गएको बताउनुभयो । उहाँले क्षयरोग लागे पछि समाजमा खुल्न डराउने कारण भित्रभित्रै फैलिने डर बढेको बताउनुभयो ।
पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको उत्तःकार्यक्रमको सञ्चालन गणेश सुवेदीले गर्नुभएको थिगयो । कार्यक्रममा जनगणना कार्यालयका प्रमुख घनश्याम सापकोटा पनि क्षयरोग र यसको उपचारका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।