लायन्स क्लबले बनाइदियो बेनी अस्पतालमा औषधि विक्री कक्ष

विकल्प न्यूज÷बेनी
फागुन २७ गते । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधि विक्री कक्ष भवन निर्माण गरिदिएको छ । क्लबले ३ लाख ५१ हजार रुपियाँ खर्चिएर बनाएको कक्षको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले विहिवार उद्घाटन गर्नुभयो ।
अस्पतालका सेवाग्राहीहरुलाई सहज रुपमा सुविधा उपलब्ध गराउनका औषधि कक्ष निर्माण गरिदिएको क्लबका खम थापाले बताउनुभयो ।
उद्घाटन कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, संस्थापक अध्यक्ष राजेश शाक्य, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, पुर्व अध्यक्ष लोकेश पुनमगर, सचिव सन्दिप खत्री उपस्थितमा भवन अस्पताललाई हस्तान्तरण गरिएको थियो । भवनको शिलन्यास संस्थापक अध्यक्ष शाक्यले गर्नुभएको थियो ।