बेनी खानेपानीमा नयाँ संचालक समिति चयन

विकल्प न्यूज/बेनी

माघ २३ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे  शुक्रबार  सम्पन्न २१ अौ वार्षिक साधारणसभा तथा १० अौ अधिबेशनले माधव प्रसाद रेग्मी अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति  चयन गरेकाे छ  ।

संचालक समितिकाे उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, काेषाध्यक्ष टंक हमाल चयन हुनुभएको छ ।

सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

अधिबेशन काे उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गर्नुभएको थियाे ।