बेनीमा मसाल जुलुस

विकल्प न्यूज/बेनी
माघ २१ गते ।    नेकपा प्रचण्ड–माधब पक्षले बेनीमा मसाल जुलुस निकालेको छ । भोली घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज मसाल जुलुस निकालेको हो । बेनीको क्याम्पस चोकबाट निस्केको मसाल जुलुस न्यूरोड हुँदै हुलाक चोकमा आएर समापन गरिएको थियो ।

मसाल जुलुस माथि प्रहरीले हस्तक्षेप गरेको नेकपाका युवा नेता सुविन जुग्जालीले बताउनुभयो । प्रहरी हस्तक्षेपलाई तोड्दै नेकपाका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजी गरेका   । 

न्यूरोडमा प्रहरी र प्रदर्शनकारी विच सामान्य झडप समेत भएको थियो । हुलाक चोकमा आयोजित कोणसभामा नेकपाका युवा नेता कृष्णकुमार विश्वकर्मा र नग्रेन्द्र केसीले सम्बोधन गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्ध आयोजना गरिएको आमहड्ताललाई सफल पार्न बजारबासीलाई अनुरोध गरेका थिए ।