कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं ।

कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ।

ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले नाफा ११.५९ प्रतिशतले बढाएको हो ।

ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यो बैंक अहिले धेरै सूचकका आधारमा अग्रस्थानमा बैंक छ । बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप संकलन ९२ अर्ब अर्थात ७६.६६ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।

बैंकले कर्जा लगानी पनि ८१ अर्बले बढाउन सफल भएको छ । अघिल्लो आवमा एक खर्ब ८ अर्ब कर्जा लगानी गरेको बैंकले गत आवमा भने एक खर्ब ८९ अर्ब पुर्याएको हो । बैंकले गत आवमा २० अर्ब ४५ करोड ब्याज आम्दानी गरेर १२ अर्ब २६ करोड ब्याज खर्च गर्दा ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।online khabar