कोरोनाभाइरस : डब्लुएचओको नेपाल कार्यालयको यस्तो अपील

असार ८, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले कोभिड–१९ (कोरोनाभाइरस)को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपील गरेको छ । .विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।

उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए ।  उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे । उनले भने, ‘लकडाउन हामी सबैका लागि गाह्रो कुरा  थियो । घर मै बस्नु पर्यो । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ ।

तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको  एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडाकै भए पनि हुन्छ  । विशेषगरी  धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउनु पर्छ  ।

त्यसैगरी साबुन पानीले बारम्बार हात हुनुपर्छ, किनभने संक्रमित व्यक्तिलाई तपाइँले  छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाइँको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाइँको शरीरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्नुपर्छ । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाइँहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो।’ratopati