आज वर्षकै लामो दिन

असार ७, २०७७ काठमाडौं :

आज २१ जुन अर्थात वर्षकै लामो दिन।  आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ।  नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ। अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ। यसपालि आजको दिन लामो हुने भएको हो। भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ।