साउदी र कतारबाट ४ सय नेपाली आइपुगे, युएई र कुवेतबाट ५५० बढी आउँदै

असार ७, २०७७ काठमाडौं :

साउदी अरबको रियाद र कतारको दोहाबाट आज बिहान झण्डै ४ सय नेपाली स्वदेश फर्किएका छन्। विभिन्न विमानमार्फत अरबबाट २ सय ४६ र दोहाबाट १ सय ४६ गरी ३ सय ९२ जना नेपालीलाई काठमाडौं आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। दिउँसो युएई र कुवेतबाट पनि नेपालीहरु स्वदेश फर्कदैछन्।

युएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाडौंका लागि उडेको छ। आजै युएईबाट अन्य दुईवटा विमानमा पनि नेपाली स्वदेश फर्कदैछन्।

विभिन्न उडानबाट गरी युएईबाट मात्रै आज ५ सय ५० भन्दा धेरै नेपाली स्वदेश फर्कन लागेका प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए। यस्तै, बिहान हिमालय एयरलाइन्समार्फत २२ जना इन्डोनेसियन नागरिक स्वदेश फर्किएका छन्। नेपाल घुम्न आएका इन्डोनेसियन नागरिकहरु लकडाउनका कारण नेपालमै रोकिएका थिए।thha khabar