गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

असार ५, २०७७ गुल्मी :

गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका–५ का ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए।

उनी गत जेठ २५ मा भारतबाट आई होम क्वारेन्टाइनमा बसिरेहका थिए। ती पुरुषमा बिहीबार आरडिटी जाँच गर्दा पोजेटिभ आएको र स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।

ती पुरुष प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ मा  भारतबाट उपचार गराएर फर्किएका थिए। परिवारको सहमतिअनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले व्यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए।
thha khabar