पोखरा –
बिहीबार मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा भेटिएको यो पहिलो केस हो ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षिय एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलबस्तु बाढगंगा १४ रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । मनाङ सँगै बिहीबार गण्डकी प्रदेशका थप ४ जिल्लामा नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरमा १८, तनहूँमा १२, मनाङमा १ र गोरखामा ११ गरि बिहीबार ४२ नयाँ संक्रमित थपिएका हुन् । आज कोरोना पुष्टि भएकामध्ये नवलपुरको मध्यविन्दु नगरपालिकाका २ जना उमेर नखुलेको र १५ जना २१, ३५, ३, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४० र ३० वर्षका गरि १७ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरकै गैंडाकोट नगरपालिकाका २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
तनहूँको ऋषिङ गाउँपालिका, शुक्लागण्डकी र भानु नगरपालिकामा गरि १२ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका ७ पुरुषमा कोरोना पुष्टि भएको छ । तनहूँकै भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका ४ पुरुष, शुक्लागण्डकीका १८ वर्षिय एक पुरुषमा गरि तनहूँमा १२ नयाँ संक्रमित फेला परेका छन् ।
गोरखाको शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरि ११ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये पालुङटार नगरपालिकाका ४६, ४५, ४३, २८, २३, ४१ वर्षका ६ पुरुष त्यसैगरि ४० वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ । शहिद लखन गाउँपालिकामा ४ जना ५४, ३१, ३८ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बिहीबार गण्डकी प्रदेशमा कुल ४२ नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या २८९ पुगेको छ । ratopati