ताजा समाचार:
Search

कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमण देखियो

असार २, २०७७ डडेल्धुरा :

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ।  धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएककामध्ये २८ वर्षीय स्टाफ नर्समासमेत संक्रमण देखिएको भएको अस्पतालले जनाएको छ।  संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत रहेको अवस्थामा अहिले उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी हुँदैछ।  यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका दुईजना स्वास्यथ्यकर्मीमा कोरोना पुष्टि भसकेको छ। केही दिनअघि डडेल्धुरा अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा पनि कोरोना संक्रमण देखिएको थियो।thha khabar