ताजा समाचार:
Search

सबै निकायबाट जारी भएका सवारी पास रद्द

काठमाडौँ ।

आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु  (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

ट्राफिक मशाहाखाका अनुसार मंगलबारदेखि यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने हुन्छ । मोटरसाइकललगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको महाशाखाका एसएसपी भीम ढकालले बताए ।

उनले भने, ‘माथिको आदेशअनुसार मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइन्छ । यदि दुई जना सवार भएको पाइएमा कारबाही हुन्छ ।’

जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने एसएसपी ढकालले जानकारी दिए ।ratopati