ताजा समाचार:
Search

गण्डकीमा थपिए १८ संक्रमित, संख्या २२३ पुग्याे

विकल्प न्युज/ बेनी

असार २ गते । गण्डकी प्रदेशमा थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । याे संगै प्रदेशमा संक्रमितकाे संख्या २२३ पुगेकाे छ।

गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार निकालेकाे विज्ञप्ति अनुसार स्याङ्जा मा ४,गाेरखामा १०,नवलपुर, २ कास्की र बागलुङमा १/१ जनामा काेराेना पुष्टि भएकाे हाे ।

काेराेना पुष्टि भएका सबैजना भारत बाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । संक्रमित हरूलाई सम्बन्धित जिल्लाकाे अाईशाेलसनमा लैजाने तयारि गरिएको छ ।