ताजा समाचार:
Search

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्याे

विकल्प न्युज / बेनी

जेठ ३१ गते ।

गण्डकी  प्रदेशमा काेराेना संक्रमित काे संख्या १९७ पुगेकाे छ। शनिबार थप  पाँच जना कोरोना संक्रमित थपिएका हुन ।

पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।

पर्वतकै जलजला गाउँपालिका ५ स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ ।

कुश्मा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका चारै जनालाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी, नवलपुरको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

मध्यविन्दु नगरपालिकाको क्वारेन्टिनमा रहँदै आएका उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।