ताजा समाचार:
Search

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए

विकल्प न्यूज/बेनी
जेठ ३० गते ।
पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६र१६ जना, धनुषा र बर्दियाका १५र१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन र दाङका ८/ ८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३र३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २ / २ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

थप एकको मृत्यु

मन्त्रालयकाअनुसार अर्घाखाँची, मालारानी गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका उनी बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएको थियो ।

उपचारका क्रममा मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।