ताजा समाचार:
Search

पर्वतमा थपिए १३ जना काेराेना संक्रमित

विकल्प न्युज/ पर्वत

जेठ ३० गते । पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले जारि गरेकाे विज्ञप्ति अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।

विज्ञप्ति अनुसार  कुस्मा नगरपालिकाका १० जना रहेका छन । विहादिमा १ , पैयुमा १ र ठेगना नखुलेकाे १ छन ।

पछिल्लो संक्रमण पुष्टि भएका मध्ये एक जना मणिपाल शिक्षण अस्पतालमा एक जना उपचारत रहेका छन भने अन्य सबै क्वारेन्टाईनमा रहेका छन । संक्रमित लाई अाईसाेलेशनमा लैजाने तयारी गरिएको छ ।