ताजा समाचार:
Search

विहिवार थपिए २५० जना कोरोना संक्रमित, कुल संक्रमित ४६ सय १४ पुग्यो

विकल्प न्यूज/बेनी
जेठ २९ गते । 

नेपालमा विहिवार थप दुइसय पचास जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा उक्त जानकारी दिइएको हो । यो सँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ । कोरोनाका कारण हाल सम्म १५ जनाले ज्यान गुमाएका छन् ।