विकल्प न्युज/ बेनी
सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ ।
तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।
गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।
सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो ।
विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ। राताेपाटि