ताजा समाचार:
Search

सरकारद्वारा यस पटककाे एसइइ परीक्षा खारेज

काठमाडौं,

जेठ   गते । सरकारलेे यस पटकको एसइइ परीक्षा खारेज गरेकाे छ । बुधबार बसेकाे मन्त्री परिषदकाे वैठकले एसईई परीक्षा खारेज गरेकाे हाे ।

कोरोना भाइरस संक्रमण र लकडाउनको कारण देखाउदै सरकारले खारेज गरेकाे हाे ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसइइ खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।

करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए ।

मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।
गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो ।