२७९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४,३६४ पुग्यो

विकल्प न्युज/ बेनी

जेठ २८ गते । 

बुधवार एकैपटक २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा बुधवार  एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज पाइएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको कुल संख्या १५ रहेको छ भने ६७४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । आज मात्रै नेपालमा थप ९० जना निकाे भयर घर फर्किएका छन ।