विकल्प न्यू/बेनी
चैत १० गते ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँचका लागि कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिएको छ । सुरक्षा निकायका तिनवटै अंग र म्याग्दी जेसिजको सहकार्यमा सचेतना अभ्यास तथा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।
सोमबार बेनीमा वसेको सर्वपक्षिय वैठकले गरेको निर्णय अनुसार नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त हेल्प डेस्क स्थापना गरेका हुन । हेल्प डेस्कमा बाहिरबाट आउने व्यक्तिहरुको ज्वरो नापिने छ ।
https://www.youtube.com/watch?v=yMdxxydHGGY
म्याग्दी जेसिज र राष्ट्रिय युवा परिषद म्याग्दीमा आवद्ध भएका स्वयसेवि युवाहरुले नाकामा वसेर कोरोना भाइरसका वारेमा जनचेतनामुलक कार्यक्रम गर्ने छन् ।
हेल्थ डेस्कमा जिल्ला बाहिरबाट आउने यात्रुहरुको तापक्रम नाप्ने र कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने प्रहरी नायव उपरिक्षक किरण जंग कुँवरले बताउनुभयो ।
https://www.youtube.com/watch?v=yMdxxydHGGY
चेकजाँच गर्दा कसैमा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेमा तुरुन्तै रिफर गरिने जनाइएको छ ।
कालिपुलबाट भित्रिने सवारीसाधनलाई कडाई गरिएको छ । आज रातीबाट म्याग्दीलाई लकडाउन गरिने भएको छ । लकडाउनको अवस्थामा कोही पनि आवतजावत गर्न पाइने छैन ।
दैनिक उपभोग्य वस्तु र अत्यवश्यक सेवाका पसलहरु विहान १० देखि ४ बजे सम्म खुल्ने छन् भने अरु सवै बन्द गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
https://www.youtube.com/watch?v=yMdxxydHGGY
जिल्लाभित्र सार्वजनिक सवारी र निजी सवारीलाई भोली देखि पूर्णरुपमा प्रतिबन्ध गरिने भएको छ ।
https://www.youtube.com/watch?v=yMdxxydHGGY