एमसिसी विवाद : सुस्तायो नेकपा, प्रतिवेदनमाथि नै छलफल भएन

चैत ५, २०७६ काठमाडौँः

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ अन्यौलमा परेको छ। पार्टीभित्र शीर्ष तहका नेताहरुबीच कुरा बाँझिदा अमेरिकी परियोजना एमसिसी अन्यौलमा परेका हो।

एमसिसीको बिषयमा नेताहरुबीचको चर्को विवाद सो पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकमा समेत विवाद छताछुल्ल भएको थियो। स्थायी कमिटी बैठकमा चर्को विवाद भएपछि यसबारे निर्णय जिम्मा सचिवालयलाई जिम्मा दिएको थियो। तर, अहिलेसम्म सचिवालयमा एमसीसीबारे एकपटक पनि छलफल नभएको हो। सचिवालयमा एमसीसी विवादबारे छलफल गर्ने विषयलाई प्रवेश नै गराइएको छैन।

पार्टी एकतापछि सकिएपछि पहिलोपटक बसेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले एमसीसीको विषय प्रवेश गराएका थिए। विवादित अमेरिकी परियोजना जसरी पनि पारित गर्नुपर्ने पक्षमा देखिएका प्रधानमन्त्री ओलीले बैठकको एजेण्डामै नरहेपनि त्यतिखेर यसलाई केन्द्रीयको कमिटीको बैठकमा छलफलका लागि प्रवेश गराएका थिए।

तर स्थायी र केन्द्रिय कमिटी बैठकमा एमसीसी पारित गर्न नहुने पक्षमा पार्टीका नेताहरूले बलियो प्रतिवाद गरेपछि यसबारे पार्टीतहबाट छिनोफानो गर्ने जिम्मा पाएको सचिवालयले यतिखेर मौनता साँधेको छ।

प्रधानमन्त्री ओलीले केन्द्रिय कमिटी बैठकमा यो विषय प्रवेश गराउँदा एमसिसी सिधै स्वीकार गर्नुपर्ने धारणा राखेका थिए। नेपालको विद्युत र सडक निर्माणमा अमेरिकाले कुनै स्वार्थ नराखी ५५ अर्ब रूपैयाँ सहायता दिएकाले त्यसलाई स्वीकार गर्न ओलीले पार्टीभित्रै बलियो लबिइङ समेत गरेका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेसमा आर्थिक घोटाला गर्न गरेको फोन संवाद बाहिरिएपछि मन्त्रिपद गुमाएका गोकुल बाँस्कोटा एमसीसीको प्रतिरक्षा गर्ने अघिल्लो पंक्तिमा थिए।thha khabar