कोरोनामाथि अनुसन्धान : सजग भए मानव शरीरले नै जिवाणुलाई जित्‍नसक्ने पुष्टि

चैत ५, २०७६ काठमाडौं :

चीनको उहानबाट शुरू भएर विश्वका १६६ देशमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित मानिसहरूको सँख्या २ लाख नजिक पुगेको छ भने झण्डै ८ हजारको मृत्यु भइसकेको छ। यसबाट संक्रमित र मृत्युदरको सँख्यासँगै यो भाइरस लागेर उपचारपछि निको भएर घर फर्किनेहरूको सँख्या (८२ हजार बढी) हेर्दा यो भाइरस लाग्ने वित्तिकै मृत्यु भइहाल्ने होइन भन्ने त प्रष्ट भएको छ।

यससँगै उपचारपछि निको पनि हुने रहेछ भन्ने प्रष्ट छ।  विश्वभरका वैज्ञानिकहरू यो भाइरसविरुद्धको खोप वा उपचार पत्ता लगाउन दिनरात जुटिरहेका छन्। अमेरीकाले यो भाइरसविरुद्धको खोपको क्लिनिकल परिक्षण गरिसकेको छ भने अन्य देशका अनुसन्धानकर्ता, वैज्ञानिकहरू खटिरहेका छन्।

भाइरस भन्नासाथ यसको आनिबानि अर्थात प्रकृति कस्तो हुन्छ? कसरी यसले मानव शरीरलाई कष्ट गर्छ भन्नेसँगै मानवशरीरले यसमा कसरी प्रतिक्रिया जनाउँछ? कसरी जित्नसक्छ? कसरी हार्छ? भनेर पत्ता लगाउनु वैज्ञानिकहरूको पहिलो चुनौती हुन्छ।

यस्तैमा, अष्ट्रेलियामा वैज्ञानिकरुहरूले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात ‘इम्म्युन पावर’ले कोरोना भाइरससँग कसरी लड्छ भनेर पहिचान गरिएको दाबी गरेका छन। ‘नेचर मेडिसीन जर्नल’मा प्रकाशित अष्ट्रेलियाली वैज्ञानिकहरूको अनुसन्धानमा चीनसहित केही देशमा संक्रमित मानिसहरूले उपचारपछि स्वास्थ्यलाभ गरेका समाचारहरू पनि आउन थालेको उल्लेख छ। यस्तो अवस्थामा अनुसन्धानकर्ताहरूले खासमा मानवशरीरको सुरक्षातन्त्र यो भाइरससँग कसरी लड्छ र कसरी भाइरसलाई हराउन सफल हुन्छ भनी पत्ता लगाउने प्रयास गरेका छन्।

यो भाइरसलाई टक्कर दिने कोशिकाहरूको बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ गरिएको अनुसन्धानबाट भाइरसविरुद्धको खोप तयार गर्न पनि मद्दत पुग्ने दाबी गरिएको छ। अनुसन्धानमा संलग्‍न प्रोफेसर क्याथरी केडजिएस्काले पहिलोपटक मानव शरीरको रोग प्रतिरोधात्मक क्षमताले कोरोना भाइरससँग कसरी लड्छ भनी पत्ता लगाइएको र यो निक्कै महत्वपूर्ण खोज भएको बताएकी छिन्‌।

मेलर्बनका ‘पीटर डाहर्टी इन्स्टीच्यूट फर इन्फेक्शन एन्ड इम्यूनिटी’का अनुसन्धानकर्ताहरूले यो अनुसन्धान गरेका हुन  अनुसन्धानबाट के पत्ता लाग्यो? संक्रमण दर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएनओ) ले कोरोना भाइरसबाट भइरहेको मानवीय जनधन क्षतिलाई महामारी घोषणा गरेको छ। एकातिर संक्रमित हुनेहरूको संख्या बढिरहेको छ, तर यो विपत्तिकै मेसोमा केही राम्रा नतिजाहरू पनि देखिएका छन्‌।

संक्रमित मानिसहरू उपचारपछि निको भएर घर फर्किएका छन्‌। यसले के पुष्टि गर्दछ भने मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता कोरोनाभन्दा बलियो छ, स्वास्थ्य सजगता अपनाउने तथा संक्रमण भइहाले उपचार गर्दा यो जिवाणुलाई मानव शरीरले पराजय गर्न सक्छ।

अनुसन्धानबाट मानव शरीरमा त्यस्ता चार प्रकारको प्रतिरक्षा कोशिकाहरूको पहिचान गरिएको छ : जून कोशिकाहरू कोरोनासँग लड्न सक्षम पाइएको छ। मानव शरीरभित्र रहेको यो तथ्य पहिलोपटक पत्ता लागेको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्‌।thha khabar