काठमाडौं ।
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जनामा संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।
विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको छ । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।
उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो । तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।online khabar