नेकपा गण्डकीको कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी
फागुन २९ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीले कार्यालय र सचिवालय गठन गरेको छ । पोखरामा बुधवार सम्पन्न सचिवालयको पहिलो बैठकले ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालय गठन गरेको हो ।

सचिवालयमा ११ वटै जिल्लाका जिल्ला अध्यक्ष र सचिवलाई समेटीएको छ । यसैका साथै वरिष्ठताका आधारमा अन्य नेताहरुलाई पनि कार्यालय सदस्य र सचिवालयमा लगिएको प्रदेश कमिटिका सचिव गोवन्द नेपालीले बताउनुभयो ।

नौ सदस्यीय कार्यालयमा पार्टी अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द वहादुर नेपाली, आशमान रोका, खोपवहादुर कँडेल, गायत्री तमु, नवराज शर्मा, पुण्य प्रसाद पौडेल, बालासिंह काउछा मगर र सम्झना देबकोटा रहनुभएको छ ।

६३ सदस्यीय सचिवालयमा नौ सदस्यीय कार्यालय सदस्य सहित इन्द्रलाल सापकोटा, कपिल लामा, कमला नहर्की, केदार सिग्देल, कृष्ण प्रसाद पौडेल, कृष्ण वहादुर थापा, गंगा पोख्रेल, गोविन्द पौडेल, चन्द्रवहादुर बुढा मगर, चन्द्रमणी खराल, चन्द्रमोहन गौचन, जगन्नाथ खनाल, जनकराज पौडेल, जमिन्द्रमान घले, झक वहादुर थापा मगर, ट्रिपल पि गुरुङ, दिपक कोइराला, धनन्जय ढवाडी, धनप्रसाद सापकोटा, नरदेवी पुन, पदम गिरी, पारसमणि पौडेल, पुण्य भुषाल, पोम्देन खोपेन गुरुङ, प्रेम गुरुङ, प्रेम प्रसाद तुलाचन, बखानीमा तमु, विकास लम्साल र वेद वहादुर गुरुङ ९कर्साङ० रहेका छन् ।

त्यसैगरी, अन्य सदस्यहरुमा बेद वहादुर गुरुङ ९श्याम०, भक्त रसाईली, मधु अधिकारी गुरुङ, मनोहर विश्वकर्मा पौडेल, मित्र शरण शर्मा, मिन प्रसाद गुरुङ, मिना कुमारी गुरुङ, मोहनहरि पौडेल, राजिव पहारी, रामजी प्रसाद बराल, राजेन्द्र केशरी न्यौपाने, रेखा थापा बस्याल, रोशन गाहा, लेखवहादुर थापा मगर, लोकप्रसाद बन्जारा, शैलेन्द्र घिमिरे, श्री प्रसाद शर्मा, सत्यनारायण शेरचन, सिमा क्षेत्री, सुदिप कुँवर, सुर्यप्रसाद गैरे, हरिकृष्ण श्रेष्ठ, हिरा वहादुर खत्री, हेमराज लामिछाने र ज्ञाामनाथ गैरेले सचिवालयको जिम्मेवारी प्राप्त गरेका छन ।