१२ फागुन, काठमाडौं ।
चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर दोब्बर बढीले वृद्धि गरेको छ ।
चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार २ सय बुझाउनुपर्ने भएको छ ।
भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गरिएको जानकारी दिए ।
त्यस्तै, अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि चीनले वृद्धि गरेको छ । अमेरिकी नागरिकसँग यसअघि १५ हजार रुपैयाँ भिसा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर १९ हजार रुपैयाँ पुर्याइएको छ ।
क्यानडा, इजरायल, रोमानिया, सर्विया, ब्राजिल, अर्जेन्टिनालगायत देशका नागरिकको भिसा शुल्कमा पनि चीन सरकारले वृद्धि गरेको छ ।online khabar