नेकपा ( विप्लव) का म्याग्दी जनपरिषद प्रमुख पक्राउ

विकल्प न्यूज/बेनी
फागुन १० गते ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लब)का जिल्ला जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन (जगत) लाई प्रहरीले पक्राउ गरेको छ । पुनलाई मालिका ३ अधिभराबाट पक्राउ गरेको हो । पुन अधिभारामा आएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो ।

दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका पक्राउ गरेको सूचना अधिकारी तथा प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । पक्राउ परेका पुन माथि एनशिएल टावरमा आगजनी, स्थानीय तहका जनप्रतिनिधीहरुलाई जबरजस्ती चन्दा माग गरी आतङ्कित गर्ने तथा कालोमोसो दली अभद्र व्यवहार गर्ने तथा निर्माण व्यवसायीहरुका निर्माण उपकरणहरु मा आगजनी गरी आपराधिक गतिविधि गरेको आरोपमा अनुशन्धान हुने प्रहरीले जनाएको छ ।