नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

विकल्प न्युज
म्याग्दी , साउन १५ गते ।
बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ ।

खानेपानीको हाहाकार मच्चएपछि बजारबासी र वडाका जनप्रतिनिधीको आग्रहमा नगरपालिका मेयर हरिकुमार श्रेष्ठको निर्देशनमा दमकल  मार्फत खानेपनी वितरणको व्यवस्था मिलाइएको वडा नं ८ का सदस्य हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फनफने. खानेपानी मुहान खनिया घाटबाट पानी ल्याएर बुधबार बेनी बजारको कालिपुुल ,पिपलचोक र शिक्षा मार्गमा वितरण गरिएको छ । ‘बजार बासी र हामी वडाका जनप्रतिनिधिको आग्रहमा नगरपालिका मेयर श्रेष्ठको निर्देशनमा बजार बासीलाई दमकल  मार्फत खानेपानी व्यवस्था मिलाइएको हो,सदस्य भण्डारीले भन्नुभयो ।

खानेपानी आयोजना मर्मत नहुँदा सम्म बजार बासीलाई विकल्पको रुपमा दमकल मार्फत खानेपानीको व्यवस्था मिलाइने मेयर श्रेष्ठले भन्नुभएको छ ।’ यता बेनी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले सडक निर्माणको क्रममा डोजरले पाइपलाइन फुटाउँदा दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको बताउनुभयो ।

नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

Posted by MyagdiNews.com on Wednesday, 31 July 2019