ताजा समाचार:
Search

अख्तियारद्धारा स्वास्थ्य कार्यालय म्याग्दीका चार कर्मचारी पक्राउ

विकल्प न्यूज/बेनी
साउन १२ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार कर्मचारीलाई पक्राउ गरेको छ । आइतवार पोखराबाट आएको अख्तियारको टोलीले स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्य सहित चार कर्मचारीलाई पक्राउ गरेको हो ।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा आचार्य सहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी रहेका छन् । पक्राउ परेका सवैलाई आइतबार साँझ पोखरा लगिएको छ ।

गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापतको पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित उनीहरु पक्राउ गरेको अख्तियारले जनाएको छ ।