बगरफाँटमा नविन आनन्द योगको शाखा

विकल्प न्यूज/बेनी
असार १३ गते ।
जलजला गाउँपालिकाको बगरफाँटमा नविन आनन्द योग केन्द्र नेपालको शाखा विस्तार भएको छ ।

बगरफाँटमा योग अभ्यासलाई अभ्यासलाई संस्थागत, विस्तार र निरन्तरता दिने उद्देश्यले हिराबहादुर बरुवालको अध्यक्षतामा केन्द्रको शाखा गठन भएको हो । शाखाको उपाध्यक्षमा गौरीदेवी रिजाल (पार्वती), सचिवमा निर्मला केसी जिसी, कोषाध्यक्षमा सरिता जिसी र सहसचिवमा पुजा चोखाल रहनुभएको छ ।

सदस्यहरुमा तममाया गर्बुजा, उषा भण्डारी, दिपा पुन, भावना पुन, भगवती बरुवाल, ताजिना गर्बुजा चयन हुनुभएको छ । नविन आनन्द योग केन्द्र नेपालका केन्द्रीय अध्यक्ष टिकाबहादुर जुग्जाली, उपाध्यक्ष सुरेन्द्र शर्मा, कोषाध्यक्ष ओमकुमारी थापा र सदस्य गिता चोखाल पुनको उपस्थितीमा शाखा गठन भएको हो ।

बगरफाँटको सिद्धबाबा आधारभूत विद्यालयमा जेठ ३ गतेदेखि योगअभ्यास सञ्चालन गरिएको छ । शारिरिक स्फुर्ती, स्वास्थ्य र मानसिक तनाब व्यवस्थापनका लागि योग प्रभावकारी बनेको छ ।