बेनीका प्रशान्तले ल्याए चार जीपीए

विकल्प न्यूज/बेनी
असार १२ गते ।   माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले चार जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ मा ४ जीपीए ल्याएका हुन् । उनको एसईई सिम्बोल नं. ०२९६४२२ ‘V’ हो।

सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी जीपीए ल्याएको दाबी गरेका छन् । १६ वर्षीय सुवेदीले अध्ययनमा आफूले गरेको मेहनतको प्रतिफलबाट उत्साहित भएको प्रतिक्रिया दिँदै खुसी व्यक्त गरे।

काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा सहभागी भइरहेका प्रशान्तले भविश्यमा डाक्टर बन्ने योजना रहेको बताए । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए। उनका बुवा रामप्रसाद र आमा प्रभा बेनीमा फेन्सी व्यवसाय गर्छन् । छोराले एसईईमा ल्याएको नतिजाबाट खुसि भएको प्रतिक्रिया दिए । प्रशान्तका दुई जना दिदीहरु छन् । उनी कान्छा हुन्। annapurnapost.com