विकल्प न्यूज/बेनी
बैशाख २६ गते । नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी पहिलो चरणको हिमाल, पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाट गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस जनताको घरघर र हरेकको मनमा पुग्ने बताउनुभएको छ।
नेपाली जनताको चाहाना विपरित अहिलेको दुइतिहाइको सरकारले काम गरेको र जनताको मन जित्न सक्ने कुनै काम अहिले सम्म गर्न नसकेको आरोप समेत लगाउनुभयो ।
अहिले सरकार जनताको काम भन्दा बढी भाषण र हसाउनेमा उत्कृष्ट भएको छ । सरकारले बलत्कार, भ्रष्टाचारीलाई संरक्षण गर्दै लगेको, देशलाई भ्रष्टचार तिर केन्द्र्रीत गर्न खोजेको छ, अहिलेको प्रधानमन्त्री देशको लागी भन्दा पनि जतालाई हसाउदै हिड्ने गरेको उहाँको भनाई थियो ।
कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बीरले अब नेपाली काँग्रेस म्याग्दीको हरेक दुर्गम बस्तीका जनताको घरघरमा पुग्ने बताउनुभयो ।
उहाँले जागरण अभियानलाई सफल बनाउन १७ जना संयोजक तोकिएको र भोली देखी नै गाउँगाउँमा पुग्ने उहाँँले जानकरी दिनुभयो । नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई प्रत्येक वडा वडामा खटाउने गरि संयोजक तोकेको काँग्रेसले जनाएको छ । म्याग्दीका ४५ वटै वडामा पुगेर नेपाली जनताको घरघरमा पुग्ने गर्बुजाको भनाई छ।
कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सपसभपती माधव रेग्मीले जागरण अभियान मार्फत म्याग्दीका आफ्ना कार्यकर्तालाई जागरुक गराउने बताउनुभयो ।
नेपाली काँग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी, उपसभापतीले स्वागत गरेको कार्यक्रमा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव क्या मिन बहादुर कार्कीले गर्नुभएको थियो।