विकल्प न्यूज/जलजला
बैशाख १६ गते । पर्वतको जलजला ७ मिलनचोकमा रहेको इमोर्टल सेक्रेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस तथा दशौं वार्षिक उत्सव मनाएको छ ।
कार्यक्रममा प्रमुख अथिति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले शिक्षाको विकासमा संस्थागत विद्यालयहरुले ठूलो योगदान गरेको बताउनुभयो । शैक्षिक विकासमा संस्थागत विद्यालयको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने उहाँको भनाई थियो । उहँँले विद्यालयमा वालमैत्री वातावरण तयारी गरी बालबालिकाहरुलाई पठनपाठन गराउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा जलजला गापा ७ का वडाअध्यक्ष टुंगनाथ आचार्य,४ का भिष्म मल्ल, जलजला गाउँपालिका शिक्षा संयोजक झलकनाथ आचार्य लगायतले विद्यालयलाई शुभकामना दिँदै गुणस्तरीय शिक्षामा जोड दिनुभएको थियो ।
वर्षिक उत्सवका अवसरमा विद्यालयले स्थानीय १५ जना समाजसेवीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा गरिब तथा जहेन्दार विद्यार्थीहरुको सहयोगका लागि क्या. हर्कमान पुन,रुद्रनाथ रेग्मीले जनही पाँच/पाँचहजार रुपियाँ सहयोग गर्नुभएको थियो । यसै गरी पुरानन्द फगामी र उहाँको धर्मपत्नी धनमाया फगामीले पाँच हजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको थियो । शिक्षाका सिमान्त बानियाँ नृत्य प्रस्तुत गर्नुभएको थियो । भने बालबालिकाहरुले गित,चुटकिला,कथा र कविता वाचन गरेका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल लालबहादुर पुनले १० वर्ष अघि मिलनचोकमा विद्यालय स्थापना गर्नुभएको थियो । कार्यक्रममा नवनिर्मत विद्यालयको भवनको गाउँपालिका अध्यक्ष मल्लले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रिस्सिपल देवेन्द्र आचार्यको सञ्चालन,विद्यालयका अध्यक्षता मिलन पुनको अध्यक्षता र शिक्षिका रेश्मी पुन रोकाको स्वागतमा विद्यालयको वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको थियो ।