निर्माण व्यवसायी संघ म्याग्दीको विवाद सुल्झीयो

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

निर्माण ब्यवसायी संघ म्याग्दीको १० औ अधिवेशन तथा १८ साधारणसभा आगामी माघ ५ गते हुने भएको छ । दुइ पक्षमा विभाजित भएका व्यवसायीहरु मंगलबार एकै ठाउँमा भेला भएर अधिवेशनको मिती तोकेका हुन । आधिवेशनको मिति तोकेसँगै निर्माण व्यवसायी संघको विवाद सुल्टीएको छ ।

संघमा विवाद चुलिएपछि पुसको ३ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निर्वतमान अध्यक्ष अमर बानियाँ र अध्यक्ष नारायण जिसीको संयोजकतत्वमा भेला बेलाउने निर्णय अनुसार मंगलबार आयोजित भेलाले वर्तमान कार्यसमितिलाई नै अधिवेशनको म्यान्डेड दिएको संघका सल्लाहकार सन्तोष रावलले बताउनुभयो ।

संघमा ८२ जना सदस्य रहेको ७२ जनाको उपस्थिती रहेकोमा ११ जनाले नोट अफ डिसेन्ट लेखेको लेखेका छन् भने बहुमत सदस्यहरुले वर्तमान कार्यसमितिलाई नै अधिवेशन गर्ने अधिकार प्रदान गरेको छ ।

भेलामा वर्तमान कार्यसमितिलाई गैरकानुनी भन्दै तदर्थ समिति गठन गरेको अमर बानियाँ नेतृत्वको टोलीको समेत सहभागिता रहेको थियो ।

निर्माण ब्यवसायी एक भएर अगाडी बढ्नुपर्ने अवस्थामा विवादमा उत्रिर्नु दुखद भएको बताउँदै सहकार्यमा जोड दिएका थिए ।

भेलाले विधान संसोधन गर्ने गरी सल्लाहकार सन्तोष राबलको संयोजकत्वमा मनप्रसाद कँडेल, बीरबहादुर थापा, अमर बानियाँ, नेत्र बहादुर महत, अधिवक्ता सागर जिवि उपाध्याय, धुव्रराज शर्मा सदस्य रहेको समिति समेत बनाएको संघका सदस्य रबी केसीले बताउनुभयो ।

‘भेलाको म्यान्डेड नै अदालतको फैसला अनुसार छ,‘संघलाई विभाजन गरेर अगाडी बढ्न खोज्ने प्रयासलाई भेलाबाट अस्वीकृत गरिएको छ’ केसीले भन्नुभयो । भेलामा फरक मत राख्नेलाई समेत सहकार्य गरी अगाडी बढ्न अनुरोध गरिएको उहाँले बताउनुभयो । यसैबीच भेलाको सहमति अनुसार नै अधिवेशनको तयारीमा जुटेका छन् ।

ब्यवसायीको भेलाले आफ्नो नेतृत्वमा अधिवेशन गर्ने म्यान्डेड दिएकाले अधिवेशनलाई सभ्य र भब्य बनाउने अध्यक्ष जिसीले बताउनुभयो ।