ताजा समाचार:
Search

बेनी अस्पताल विकास समितिको अध्यक्षमा कटुवाल

विकल्प न्यूज/बेनी
असोज २३ गते । 43518100_1185440994929392_959800597949710336_n म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको अध्यक्षमा बेलबहादुर कटुवाल मनोनित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका कटुवाललाई गण्डकी प्रदेस सरकारले अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनित गरेको हो ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्री नरदेबी पुनको मन्त्रीस्तरीय बैठकको निर्णयबाट कटुवाल अध्यक्ष पदमा मनोनित हुनुभएको हो । कटुवाल म्याग्दीमा सामाजिक कार्यमा समेत क्रियाशिल हुनुहुन्छ । यसअघि माधव प्रसाद रेग्मीलाई संघिय सरकारले अध्यक्ष पदमा मनोनित गरेको थियो । संघियता कार्यन्वयनमा आएसँगै बेनी अस्पताललाई प्रदेश सरकार अन्तर्गत राखेकाले पुराना विकास समितिहरु भंग भएका थिए ।